📞 0032499220028 📧 Narhari2@yahoo.com

नवलपुर सहायता समाज-बेल्जियम

समाज सेवामा समर्पित, नवलपुर समृद्धि र एकताको लागि,शिक्षाा तथा स्वास्थ्यमा हाम्राे सहयाेग ।

Teej 2082

News Details

Published on: August 25, 2025

Teej 2082

नवलपुर समाज वेल्जियम द्धारा हिन्दु नारीहरुको महान चाडको अवसरमा तिज विशेष कार्यक्रम सम्पन्न ।

 

 विश्वराज अर्याल काठमाण्डौ भदौ ७ शनिवार,नवलपुर समाज बेल्जियमले महिलाहरुको बिशेष पर्व तिजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । 

बेल्जियमको लुभेनमा २३ अगष्टका दिन  तिज विशेष कार्यक्रममा उपस्थित महिला तथा पुरुषहरुलाई खानाका विभिन्न परिकारहरु नि.शुल्क दरका रुपमा खुवाईएको थियो । नपास वेल्जियमका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा संचालन भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नपास वेल्जियमका संस्थापक अध्यक्ष अमृत प्रधान हुनुहुन्थ्यो । सो कार्यक्रमको स्वागत मन्तब्य संस्थाका पूर्व अध्यक्ष रमेस सापकोटाले गर्नु भएको थियो ।नेपालको शिक्षा तथा स्वास्थ्यमा क्षेत्रमा सहयोग गर्दे आएको सस्थाले निकै नै परोपकारी कार्य गर्दै आएको जानकारी नपास वेल्जियमका अध्यक्ष नरहरी सापकोटाले जानकारी दिनु भयो । नेपालमा वा वेल्जियममा पनि आपत परेकालाई सहयोगको लागि भनि संस्थाको तर्फवाट ४००० यूरोको जगेडा आपतकालिन सहयोग कोषको समेत ब्यवस्था गरिएको कुरा समेत  नवलपुर समाजका अध्यक्षले जानकारी गराउनु भयो ।नवलपुर समाजका अध्यक्ष नरहरी सापकोटाले कार्यक्रममा अधिक महिलाहरु उपस्थित भएको र उनीहरुको सक्रियता र सहभागिताको लागि ह्दयदेखि आभार प्रकट गर्नुभएको थियो। अध्यक्ष सापकोटाले महिलाहरुको सुझाव र सल्लाहलाई मध्ये नजर गर्दै संस्थाले आगामी बर्षमा पनि दर खुवाउने कार्यक्रमा निरन्तरता दिने वताउनु भयो  । सापकोटाले जानकारी दिनु भयो ‘युरोप जस्तो मुलुक र अत्यन्त व्यस्त मानिसहरु भएको ठाउँमा पनि महिलाहरुले तिज, दर र रमाईलोको लागि समय निकाल्नु विदेशमा हिन्दू धर्म र परम्पराको संरक्षण र सम्वर्धन गर्नु हो । हामी महिलाहरुको सहभागिता देखेर उत्साहित भएका छौ’ । कार्यक्रम संयोजक शान्ति कँडेलका अनुसार विदेशको व्यस्त समयका बाबजुत पनि धेरै महिलाहरुले समय निकालेर कार्यक्रममा सहभागि हुँदा सबै दिदीवहिनीहरु खुसी देखिएको प्रतिक्रिया दिनुभयो । कँडेलले  महिलाहरुको अत्यधिक उपस्थितिले आफुहरुलाई अगाडी बढ्न थप हौसला मिलेको बताउनु भयो । कार्यक्रममा नेपाली मौलिक तिज गितमा महिलाहरु छमछमी नाचेका थिए भने दुईवटा महिला समुहले ग्रामीण परिबेशको माइती बिर्साउने गरी आफ्नै भाखामा तिज गित प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बेल्जियम स्थित विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको आयोजकहरुले  रेडियो साहिनोका सम्वाददाता लाइ जानकारी गराउँनु भयो ।औपचारीक कार्यक्रम नेपास वेल्जियमको सदस्य अनुजा प्रधानले सहजीकरण गर्नुभएको थियो ।तिज कार्यक्रम सफल वनाउन सहयोग गर्ने सम्पूर्ण लाइ  कार्यक्रमका अध्यक्षले धन्यवाद तथा आभार ब्यक्त गर्नुभएको थियो

https://www.youtube.com/watch?v=Ci9gIkMUxic ।