Published update
News Details
चितवन, ५ चैत — "सुनौलो भविष्य अभियान" ले चितवनको ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क शिक्षा सामग्री वितरण गरेको छ।
कार्यक्रम अन्तर्गत २०० भन्दा बढी विद्यार्थीहरूलाई किताब, कपी, पेन, झोला तथा अन्य आवश्यक सामग्रीहरू वितरण गरिएको थियो। संस्थाका अध्यक्ष सन्देश भण्डारी का अनुसार, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
स्थानीय विद्यालयका प्रधानाध्यापक मीनु श्रेष्ठ ले यस्तो सहयोगले विद्यार्थीहरूलाई सिकाइमा थप प्रेरित गर्ने बताइन्। कार्यक्रमपछि, विद्यार्थीहरू खुशी हुँदै स्वयंसेवकहरूसँग आफ्नो अनुभव साझा गरेका थिए।
संस्थाले आगामी महिनामा अन्य विद्यालयहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।