Published update
News Details
पोखरा, ७ चैत — स्वयंसेवी संस्था "मानव सेवा समूह" द्वारा आयोजित रक्तदान कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिहरूले रक्तदान गरेका छन्।
पोखरा रंगशालामा सम्पन्न कार्यक्रममा युवा, विद्यार्थी, सुरक्षाकर्मी, तथा विभिन्न पेशागत व्यक्तिहरू सहभागी भएका थिए। संस्थाका सचिव अर्जुन केसी ले नेपालमा रगतको अभाव टार्न यस्तो कार्यक्रम समय समयमा आयोजना गरिने बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि डाक्टर रमेश गौतम को विशेष उपस्थिति रहेको थियो। उनले नियमित रक्तदान स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै सहभागीहरूलाई धन्यवाद दिए।
संस्थाले आगामी महिनाहरूमा नेपालका विभिन्न जिल्लाहरूमा रक्तदान अभियान सञ्चालन गर्ने योजना बनाएको छ।